समाज

धनुषामा एक वृद्धको पैसा लुट्ने दुईजना पक्राउ

धनुषामा पैसा लुटेर फरार भएका दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–४ स्थित मेगा बैंकबाट निकालेको एक लाख ८० हजार रुपैयाँ लिएर घर फर्किने क्रममा बाटोबाटै सोही ठाउँ बस्ने ७५ वर्षीय राम दासको पैसा लुटेर फरार भएका थिए।  

दासको पैसा लुट्ने लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल टोल बस्ने २० वर्षीय भरोशी भनिने नरेश यादव र लक्ष्मिनियाँ गाउँपालिका–४ बस्ने २३ वर्षीय सरोज दासलाई धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी सर्बजानिक गरेको छ।  

‘बुधवार ७५ वर्षीय वृद्ध दासको पैसा लुटिएको खवर प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतको प्रहरीहरु परिचालन गरी खोजतलास सुरु गरे धनुषा प्रहरीका एसपी बसन्त रजौरेले भने,‘ लुटने  व्यक्तिको खोजतलास गर्दै जाँदा सपही चौकबाट २२० सिसिको पल्सर मोटरसाइकलमा चढी भागेको बुझियो।’

लुटमा संलग्नहरुको खोज्दै जाँदा बुधवार साझ साढे पाँच बजे सरोज दासलाई लक्ष्मिनियाँ गाउँपालिका–४ बाट नियन्त्रणमा लिइ अनुसन्धान गर्दा सोही गाउँपालिका–६ का नरेश यादव र दासले वृद्धको रकम लुट्नुपर्छ भने योजना बनाएको प्रहरीलाई बयानमा बताएको धनुषाका एसपी रजौरेले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरु पुर्व योजना अनुसार बैंकमा प्रवेश गरे जब बृद्धले पैसा निकालेर बैंकबाट बाहिर निस्केपछि यादव र दास एउटै मोटरसाइकलमा सवार भइ वृद्ध दासको पछि लाग्न थाले एकान्तमा पुगेपछि वृद्ध दासको पैसा लुटेर फरार भएका थिए।  

लुटिएको पैसा मध्ये एक लाख ७५ हजार यादवले घर नजिकै खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको र १५ सय रुपैयाँसहित लुटनमा प्रयोग गरेको ज १२ प ८५९३ नम्बरको मोटरसाइकल दासको साथबाट बरामद गरिएको प्रहरीले जनाए।

प्रकाशित: २३ भाद्र २०७९ ०६:५५ बिहीबार

पक्राउ