समाज

पहिरोले घर पुरिएपछि जंगलको बीचमा त्रिपाल मुनि दुई परिवार

एक महिनादेखि घाँसको विछ्योना र ढुंगाको सिरानी बनाएर एकै त्रिपाल मुनी बस्दै आएको १३ जनाको कामी परिवार।

घर विहीन भएको एक महिना भयो राती भर साउन भदौको झरीमा जागा बस्तै दुई परिवारका १३ जनाको पहरा (चौकी दारी) गर्ने गरेको छु यो भनाइ हो साईपाल गाउँपालिका २ का ६१ वर्षीया प्यारु कामीको भनाइ हो यो।

उनले भने, 'दुई परिवारका चार घर र एक आरन साउन ४ गते राती १० बजे वर्षासँगै घरको माथिबाट आएको पहिरोले पुरिदियो घरबार विहीन भएपछि अहिले एक महिनादेखि जंगलको बीचमा त्रिपालको सहारामा रात दिन गुजारी रहेको छु कति खेर जंगलको बाघ, भालु, सर्प र बिच्छि किराले आक्रमण गर्छ भन्ने डरसँगै पुनः पहिरो लाग्ने डरले आगो सेक्दै जागा बसेर परिवारको सुरक्षाको लागि चौकी दारी गर्ने गरेको हुँ। हामीसँग भएको गहुँ, चामल, भाँडाकुडा र लुगा कपडा घरसँगै पहिरोले पुरिदियो नत शरीर ढाक्ने कपडा छ नत शरीर छोप्ने नै लेकाली भेग भएकाले वर्षा रातदिन भइरहन्छ कति खेर पाल हावा हुरीले उडाइदिन्छ त्रिपालभित्रै समेत भिजेर निथुक्क हुनु पर्ने बाध्यता' भएको २५ चैत्या कामीले बताए।

उनले भने, 'दुई परिवारका १३ जना सदस्य उन्यु (घाँसको ओछ्यान) र ढुङ्गाको सिरानीको साहारामा भेडा बाख्रको बथान झै सुत्ने गरेका छु। सहारा दिने कोही छैन। गाउँ बस्ती आधा घण्टा भन्दा टाढा छ। स्थानीय सरकाले हाम्रो पिडा सुने कै छैन। सदरमुकाम चैनपुर जाँउ भने बाटो र पैसा दुबै छैन कसरी जाने हाम्रो पिडा सुन्ने कोही भएन। त्रिपालमा खाउ भने एक मुठि अन्न छैन। कसरी बाँचने थाहा छैन।'

साईपाल गाउँपालिका २ जिमा घर भएका दलित परिवारको साउन ४ गते राती  घरको माथिबाट आएको पहिरोले घर पुरिदिएपछि गोठमा बाँधेका ८ वटा पशु चौपाया घरसँगै पहिरोमा पुरिए र मरेका छन् भने दुई घर जोखिमा रहेको साईपाल गाउँपालिका पूर्व अध्यक्ष राजेन्द्र धामीले बताए।

उनले भने, 'दुई परिवारका सिलोटले छाइका दुई तले चार घर भएपनि अहिले घर बार विहीन छन्। दलित परिवारको विचल्ली भएको छ। लाउने खाने केही छैन। दयनीय अवस्थालाई देखेर आफूले ५० केजी चामल सहयोग गरेको छ। बर्खाको समय भएकाले बाटो समेत छैन। जंगलको बीच काँक्रर कोट भन्ने ठाउँमा उनीहरुको अहिले त्रिपालको बास छ।'

गाउँपालिका, वडा कार्यालय र सिमा प्रहरी चौकी धुलीमा जानकारी गराको भएपनि प्रहरी बाहेक कोही उनको पीडा बुझ्न पुगेको छैन। घटना स्थलको मुचुलका गरेका प्रहरी आफ्नो पीडा देखेर राहात लिएर आउने आस गर्दागर्दै महिनौ पुग्यो कोही आएन बाटो हेर्दाहेर्दै आँखा दुःखको उनीहरुको गुनासो छ। परिवारको विचल्ली भएसँगै कामी परिवारका कान्छो छोरा शंकर कामी  कक्षा ८ र छोरी जुना कामी कक्षा ६ काँडा माविमा अध्यनरत भएपनि घर पहिरोले लगेसँगै किताब कापी र झोला अभावमा विद्यालय जानबाट वञ्चित हुनुपरेको परिवारको भनाइ छ।

कामी परिवारका अनुसार कमाई खेत भने पनि जागिर भने पनि त्यही आरन हो सम्पत्तिको नाउँमा आरन समेत बगाउँदा काम गर्ने अन्य विकल्प छैन। समदरमुकाम चैनपुरदेखि ३ दिनको पैदल दुरीमा रहेको साईपाल गाउँपाली जिल्ला कै विकट हिमाली जिल्ला हो यो जिल्लाले अहिलेसम्म सडक सञ्जाजलले छोएको छैन भने जनजीवन निकै दयनीय रहेको छ। साईपाल गाउँपालिकामा साउन महिनामा वर्षासगै गएको पहिरोका कारण २५ वटा गाई, गोरु ४ खच्चर मरेका र आधा दर्जन परिवार विस्तापित भएका छन्।

गाउँपालिकाले सबै पीडित परिवारको डाटा संकलन गरेको र गाउँपालिकाबाट के कति राहात दिन सकिन्छ क्षेतिको अवस्था हेरर दिने तयारी गरेको गाउँपालिका अध्यक्ष मानविर बोहराले बताए। उनले भने, 'हामीले दिने भनेको राहात हो। प्यारु कामी लगात २ परिवार एकै पाल मुनि एक महिनादेखि काँक्रर कोटमा बसेका छन्।'

प्रकाशित: ७ भाद्र २०७९ १३:४६ मंगलबार

घर विहीन चौकी दारी साईपाल गाउँपालिका