समाज

चन्द्रौटा उद्योग वाणिज्य संघको अध्यक्षमा पाण्डेय

कपिलवस्तुको चन्द्रौटा उद्योग वाणिज्य संघको चौथो अधिवेशनबाट ईश्वर प्रसाद पाण्डेय निर्विरोध निर्वाचित भएका  छन्।  

पाण्डेयको नेतृत्वमा १७ सदस्यीय समिति निर्विरोध चयन भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा पारसमणी पाण्डे निर्वाचित भएका छन्। यस्तै वाणिज्य उपाध्यक्षहरुमा दमन भाट र मकबुल खान, महासचिवमा राजकुमार यदा क्षेत्री, सचिवमा कपिलदेब खनाल, कोषाध्यक्षमा यज्ञ प्रसाद पाण्डे र सहकोषाध्यक्षमा दलर्जन केसि निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक जमशेर अली मियाले बताए। 

सदस्यहरुमा आश्मा अहमद यमुना शर्मा, रविसेन ओली, माधव घिमिरे, अब्दुल रहमान, रामचन्द्र के.सी, मधु सिग्देल श्यामलाल बन्जाडे र लाल मोहम्मद पठान रहेका छन्। नव निर्वाचित अध्यक्ष पाण्डेयले आफूले व्यापारीहरुको हक अधिकार तथा संघलाई मजबुत बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: ५ भाद्र २०७९ १२:५२ आइतबार

चन्द्रौटा उद्योग वाणिज्य संघ