समाज

क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दर्ता

डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई नेपालमा पनि  मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

बिहीबार क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गरेर कानूनी मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हाे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएर अधिवक्ता सागर बरालको समूहले सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

प्रकाशित: २ भाद्र २०७९ १०:०१ बिहीबार