समाज

महानगरपालिकाले ‘क्लिन दि सिटी’ अभियान चलाउने

काठमाडौँ महानगरपालिकाले ‘क्लिन दि सिटी’ अभियान चलाउने भएको छ। चालु आर्थिक वर्ष २०७९/०८० बजेटमा अभियानको लागि महानगरले १० लाख रुपैयाँ बजेट छुट्टाएको छ।

महानगरले काठमाडौँको फोहोर व्यवस्थापन गर्नको लागि स्रोत मै फोहोर वर्गीकरण गर्ने नीतिगत व्यवस्था गरेको छ। बजेटमा उल्लेख भए अनुसार काठमाडौँले ३ प्रकारका वेष्टविन खरिद गरेर सहुलियतमा वितरण गर्ने छ।

महानगरले सहुलियतमा वेष्टविन बाँड्नको लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ। सरसफाइमा काम गर्ने महानगरका कर्मचारीलाई स्वास्थ्य बीमा गरिने छ। जसको लागि महानगरले ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ।

यी कर्मचारीहरुलाई महानगरले तौलिया रुमाल, साबुन, गमबुट, पानी वर्षादी किन्नको लागि ४० लाख बजेट, माक्स पञ्जा र सेनिटाइजका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। यस्तै विशेष सरसफाइ, रात्रिभत्ता, खाना तथा खाजाको लागि ५० लाख, सरसफाइ कर्मचारीको लागि चियाकफी खर्च भनेर १५ लाख रुपैयाँ महानगरले छुट्याएको छ।

प्रकाशित: ११ श्रावण २०७९ १२:०८ बुधबार

काठमाडौँ महानगरपालिका ‘क्लिन दि सिटी’