समाज

दुई सय आठ केजी गाँजासहित एक जना पक्राउ

श्रृखलाबद्ध रुपमा गाँजा पक्राउ पर्ने क्रममा इनरुवा वडा नं. ४ वस चौकबाट आइतबार बिहान २०८ केजी गाँजासहित एक जना पक्राउ परेका छन्।

सुनसरी प्रहरीको टोलीले चेकिङ्का क्रममा को १ ख २९२६ नम्बरको अदुवा बोकेको वानटन गाडीमा अदुवा भित्र लुकाई ल्याएको अवस्थामा सातवटा वोरामा रहेको २०८ केजी गाँजा वरामद गरिएको हो।  प्रहरीले उक्त सवारी साधनका चालक धनकुटा जिल्ला शहिदभूमी वडा नं. २ का २१ वर्षीय तेज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कारवाही सुरु गरिएको छ।

यसैबीच, विराटनगर वडा नं. १८ बाट अवैध सुपारी बोकेका आठवटा भारतीय नम्बरका ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा सुपारी बोकेका आठवटा भारतीय नम्बरका ट्रकहरु नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका ट्रकबाट दुई लाख १९ हजार पाँच सय ९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको छ। पक्राउ परेका आठवटा भारतीय नम्बरका ट्रकहरुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको छ।

प्रकाशित: ८ श्रावण २०७९ १४:०६ आइतबार