चोरी कसुरमा फरार रहेका एक जनालाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ। बढैया ताल गाउँपालिका–४ का बबि ददेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
बाँके जिल्लाअदालत नेपालगंजले ददेललाई ०७७ साल साउन १० गते चोरी कसुरमा ३ महिना ६ दिन कैद सजाय र ३ हजार ६ सय जरिवाना तोकेको थियो।
अदालतले सजाय र जरिवाना तोकेको दिनदेखि ददेल फरार रहेका थिए। प्रहरीले ददेललाई नियन्त्रणमा लिई सजाय भुक्तान गराउन बर्दिया जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
प्रकाशित: ३१ असार २०७९ १२:१२ शुक्रबार