समाज

भृकुटीमण्डप आगलागी भएको ठाउँमा पुगे मेयर साह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह भृकुटीमण्डपको आगलागी भएको ठाउँमा पुगेका छन्।

भृकुटीमण्डपमा रहेको ह्वीलचेयरको गोदाम भएको आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन्।

प्रकाशित: २९ असार २०७९ ११:०१ बुधबार