समाज

ठूलो क्षति हुनबाट जोगियो नेपालगन्ज विमानस्थल

नेपालगन्ज विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टर। तस्बिरः नागरिक

नेपालगन्ज विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा विद्युत सर्ट भएको छ। विद्युत सर्ट हुँदा विमानस्थल कार्यालय ठूलो क्षति हुनबाट जोगिएको छ। बुद्ध एयरको काउण्टरसँगै अन्य विमान कम्पनीको काउण्टर, विमास्थल कार्यालय पनि सँगै जोडिएका छन्।  

विद्युत सर्ट भएर काउण्टरको वाइरिङ गरिएका तार जलेको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार तार जले पनि आगलागी भने हुन पाएन।

बुद्ध एयर नेपालगन्जका प्रमुख विनित शाहका अनुसार मंगलबार बिहान पौने ७ बजेतिर एक्कासी विद्युत सर्ट भएको हो। ‘विद्युतको तारमा समस्या रहेछ, एक्कासी सर्ट भयो र तारहरु जल्यो, तर आगलागी हुन पाएन,’ उनले नागरिकसँग भने, ‘तर ठूलो क्षति हुनबाट जोगियो।’

प्रकाशित: २१ असार २०७९ ०४:१४ मंगलबार