समाज

खाली मतपेटिका मतदान केन्द्रभित्र ल्याइयाे

मतदान सम्पन्न भएपछि कोहलपुरस्थित पिपिरी मतदान केन्द्रमा खाली मतपेटिका मतदान केन्द्रभित्र  ल्याइएकाे छ। 

शंकास्पद ढंगले खाली मतपेटिका मतदान केन्द्रमा लिइएको भन्दै मतदाताले आक्रोश व्यक्त गरिरहेका छन्। विरोधमा मतदाताले प्रदर्शनसमेत गरेका छन्। 

अहिले यहाँको स्थिति तनावग्रस्त भएको छ। बल प्रयोग गरेर खाली मतपेटिका मतदान केन्द्रमा लिइएको राप्रपाबाट कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार प्रदीप शाहले जनाए। अहिले पत्रकारलाई समेत भित्र प्रवेश गर्न रोक लगाइएको छ।

प्रकाशित: ३० वैशाख २०७९ १३:१६ शुक्रबार