समाज

देशका केही भू-भागमा वर्षाको सम्भावना

देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार आज बिहान लुम्बिनी र प्रदेश १ का एकरदुई स्थानमा वर्षा भइरहेको छ भने दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको आँकलन गरिएको छ।

महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा वर्षाको सम्भावना छ।

प्रकाशित: ३० वैशाख २०७९ ०१:१९ शुक्रबार

मौसम पूर्वानुमान महाशाखा