बुटवलको एक सुन पसलमा चोरी गर्ने लुटेरालाइ रुपन्देही प्रहरीले पक्राउ गरी सर्वाजनिक गरेको छ। बुटवलको एक सुन पसलबाट ३ करोड बढीको गहना चोरी गर्ने ३ जना भारतीय नागरिकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
यही वैशाख १३ गते राती बुटवल ६ विपी चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड बढीको गहना चोरी भएको थियो। सो चोरी र लुटपाटमा संलग्न भारत जौहरी मोहल्ला चाेकका ३६ वर्षीय मोहसिन अब्दुल्ला खान, लखनउ गोमती बिहारका २५ वर्षीय मोहद जीशान खान र लखनउ निशात गञ्जका २२ वर्षीय मो सारीकलाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय बुटवल र लुम्बिनीबाट खटिएको टोलिले सोमबार साँझ उनीहरुलाई लुम्बिनीको खुनगाइ क्षेत्रबाट पक्राउ गरेको हो। लुम्बिनी साँस्कृतिक नगरपालिका ४ महुवारी स्थित खुनगाई कालीदह सडक खण्डमा सवारी साधन र पैदल यात्रीहरुलाइ चेकजाँच गर्ने उनीहरुलाइ पक्राउ गरीएको हो।
उत्तरदेखी दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्एघद्दीध् घज्ञछज्ञ ध्बनयलच को गाडी रोकी चेकजाँच गर्दा उनीहरुलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपि रबिन्द्र रेग्मीले बताए।
उनीहरुको साथबाट प्रहरीले १० र १० ग्रामको सुनको बिस्कुट २ थान २० ग्रामको सुनको बिस्कुट १ थान, सुनको गरगहना गाेली डल्लो बनाएको सुनको ढिक्का १ थान, सुनको पैसाको सिक्का आकारको गोलो १ थान, मोबाईल ३ थान, भारु १०० को नोट ६० वटा, आधार कार्ड फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए। लुटीएको थप गरगहनाको खोजीका लागि अनुसन्धान भइरहेको उनले बताए।
प्रकाशित: २७ वैशाख २०७९ १२:३४ मंगलबार