समाज

स्थानीय र न्यून चापीयको संयुक्त असरः आज पनि यी प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ। मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बुधबार प्रदेश १, बागमती र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: २६ वैशाख २०७९ ०२:५६ सोमबार

मौसम पूर्वानुमान महाशाखा