समाज

कोदालोले हिर्काउँदा युवकको मृत्यु

कोदालो प्रहारबाट एक युवकको हत्या भएको छ। डिलासैनी गाँउपालिका–७ स्थित मनकुडामा २८ वर्षीय श्याम ऐरमाथि ३० वर्षीय विरेन्द्र ऐरले  शुक्रबार कोदालो प्रहार गरेर हत्या गरेका हुन्।

दिउँसो करिब साढे १ बजेतिर पानीको विषयमा विवाद हुँदा विरेन्द्रले कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता लोकराज जोशीले बताए। मृतक ऐरकाे श्रीमतीले लुगा धुने बेलामा विरेन्द्रले पानी बन्द गरेपछि विवाद भएको थियो।

विवाद बढेपछि विरेन्द्रले श्यामको छातीमा कोदालो प्रहार गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि स्थानीय गोकुलेश्वर अस्पतालमा लगिएको प्रहरीले बताएको छ। कोदालो प्रहार गर्ने विरेन्द्रलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७९ १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App