समाज

नेपाल रिपब्लिक मिडियाले आज १४औँ वार्षिकोत्सव मनाउँदै

नेपाल रिपब्लिक मिडियाले आज आफ्नो स्थापनाको १४औँ वार्षिकोत्सव मनाउँदै छ। वैशाख ११ अर्थात आजदेखि नेपाल रिपब्लिक मिडिया १३ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको हो।

सो अवसरमा नेपाल रिपब्लिक मिडियाले विशेष कार्यक्रम आयोजना गर्दै छ। मिडियाले आफ्नो १४औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मान गर्ने कार्यक्रम रहेको छ।

यस कार्यक्रम बसन्तपुर डबलीमा आयोजना हुने नागरिक परिवारले जनाएको छ। कार्यक्रम साँझ ५ बजेदेखि ७ बजेसम्म नागरिक न्युज नागरिक नेटवर्कको फेसबुक पेज र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने छ।

प्रकाशित: ११ वैशाख २०७९ ०४:३१ आइतबार