समाज

यी क्षेत्रमा आज चट्याङसहित वर्षाको सम्भावना

बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ सँगै मुलुकका अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ। शनिबार पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। राति प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: ९ वैशाख २०७९ ०२:११ शुक्रबार

मौसम पूर्वानुमान महाशाखा