समाज

निर्वाचन कार्यालय ताप्लेजुङले शुल्क लिएर मतदाता नामावलीको पिडीएफ फायल उपलब्ध गराउने

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले स्थानीय तह निर्वाचन २०७९ का लागि कायम भएका मतदाताहरुको नामावली पिडीएफ फायलमा लिनेहरुका लागि शुल्क तोकेको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार मतदाता वा स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दल तथा स्वतन्त्र उम्मेदवारले मतदाता नामावलीको वडा, स्थानीय तह वा जिल्लाभरको सफ्टकपी लिन चाहेमा कार्यालयले उपलब्ध गराउने छ।

दुलालका अनुसार स्थानीय तह निर्वाचन निर्देशिका २०७८ बमोजिमको दस्तुर तथा प्रकृया पूरा गरेपछि मतदाता जन्ममिति र फोटो बाहेकको अन्तिम मतदाता नामावली उपलब्ध गराइने छ। जसअनुसार जिल्लाभरीको यस्तो मतदाता नामावली लिनका लागि ३ हजार, एक पालिकाभरीको लिन चाहे १ हजार र कुनै एक वडाको लिन चाहे ५ सय रुपैयाँ दस्तुर तोकिएको छ।

ताप्लेजुङमा २०७९ साल वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका बालिग मतदाताको संख्या ८९ हजार ६ सय ८० कायम भएको छ। यो २०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा १८ हजार ९ सय २ ले बढी हो। उतिबेला ७० हजार ७ सय ७८ जना मतदाता रहेका थिए।

प्रकाशित: २० चैत्र २०७८ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App