‘नेपाल’ दक्षिण एशियाकै खुशी देश हो रे! खुसी नाप्ने मापदण्ड के हो?’ सामाजिक संन्जालमा मानिषा कोइरालाको नामबाट एक पाठकले लेखेकी छन, ‘नेपाली किन खुसी छन्? कतै डिप्रेसनको हाँसोलाई पनि खुसीमा त नापेनन्?
ओरालोलाग्दो अर्थतन्त्र, अस्थिर राजनीति, अनिश्चित भविष्य, अन्यौलग्रस्त समाज। यस्तो अवस्थामा पनि नेपाल दक्षिण एसीयाकै खुसी देशको लिष्टमा पहिलोस्थानमा उक्लेकोमा कोइरालाजस्तै धेरैले आश्चर्य मानेका छन्। वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित गर्दा नेपाल ८५ औँ स्थानमा रहेर दक्षिण एसियाकै खुसी मुलुकमा स्थापित भएको समाचारले धेरैलाई तरंगित तुल्यायो।
‘साँच्चै यो खबरले मलाई पनि अचम्मित बनाएको छ,’भक्तपुरका रमेश अवालले भने, ‘सबैतिर निराशा छ र पनि नेपाली कसरी खुसी भएका होलान् ? कतै धेरै पीडा भएर मुस्कुराएका त हैनन् भन्दै उनले ‘...क्या गम हैं, जिसे छुपा रहे हो....’भन्ने चर्चित गीतको दुई लाइन रमेशले सुनाए।
मनोसामाजिक परामर्शदाता शर्मिला महर्जन मुलुकको मनोसामाजिक अवस्थाले खुसी बनाउने धारणा राख्छिन्। ‘नेपालीमा प्रतिस्पर्धाको भावनाभन्दा पनि केयरको भावना धेरै छ,’ महर्जनले सुनाइन्, ‘त्यसैले प्रतिकूल आर्थिक अवस्थामापनि नेपाली मुस्कुराइरहेका भेटिन्छन्।
भूकम्पको कठिन समयमा पनि पालभित्र मुस्कुराइरहेका मनहरु भेटेको सुनाउँदै त्यति बेला खानेमात्र हैन, मिलेर खाने गरेको दृश्यले धेरैको ध्यान छोएको उनले सुनाइन्। ‘जस्तोसुकै कठिन अवस्थामा पनि अरुको केयर गर्ने नेपालीपन मरेको छैन, ‘उनले थपिन, ‘जीवन्त खुसीको ‘मुख्य राज यही हो।’
सामाखुसीकी मनिता थपलियाको पीडामा पनि मुस्कुराउन सक्ने नेपाली समाज रहरलाग्दो भएको सुनाउँछिन्। अनगिन्ती दुःख र पीडा खपेका नेपालीलाई अब कुनै दुःखले पनि नछुने बनाएको छ,’ उनले भनिन्, ‘सायद जीवनप्रतिको सकरात्मक बुझाइको कारणले पनि हुन सक्छ।
मनोसामाजिक परामर्शदाता शर्मिला महर्जन मुलुकको मनोसामाजिक अवस्थाले खुसी बनाउने धारणा राख्छिन् ।‘नेपालीमा प्रतिस्पर्धाको भावनाभन्दा पनि केयरको भावना धेरै छ,’ महर्जनले सुनाइन्, ‘त्यसैले प्रतिकूल आर्थिक अवस्थामापनि नेपाली मुस्कुराइरहेका भेटिन्छन्।
रिपोर्टले प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वास्थ्य औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ।
विश्वका सबैभन्दा खुसी मुलुकबारे निर्णय गर्नुअघि १४९ मुलुकको तीन वर्षको ग्यालप सर्वेक्षणका तथ्यांक विश्लेषण गर्ने गरिएको छ। प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, सामाजिक सहयोग, स्वस्थ आयु, आफ्नो जीवनका छनोटको स्वतन्त्रता, आमनागरिकको उदारता र भ्रष्टाचारको स्तरसम्बन्धी आन्तरिक तथा बाह्य अवधारणा।
सन् २०२० को तथ्यांकलाई आधारमान्ने हो भने नेपालको जीडीपी‐कुल ग्रहास्थ उत्पादन) ३३ दशमलव ९८ विलियन अमेरिकन डलर रहेको छ, यसै वर्षको भारतको जीडीपी २६२२ दशमलव ९८ रहेको विश्ववैंकको तथ्याकं छ।
अनि प्रतिव्यक्ति आयकै कुरा गर्ने हो भने केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७७/७८ मा नेपालीको प्रतिव्यक्ति आय ११९१ डलर पुग्ने अनुमान गरेको छ। उता भारतको प्रतिव्यक्ति आय १९ सय ४७ डलर रहेको छ।
यस्तोमा नेपालले भारत‐१३६), पाकिस्तान‐१०३), श्रीलंका‐१२६)जस्ता देशलाई पछि पार्दे खुसीको सिँढीमा माथि उक्लनुले पनि धेरैलाई आश्चर्यमा पारेको हो।
आमनेपालीमा रहेको आध्यामिक पक्ष पनि आफ्नो ठाउँमा छ। अध्यात्म, जीवनजगत्लाई हेर्ने दृष्टिकोण र अब केही राम्रो होला भन्ने आशाले मानिसलाई सुखी बनाउने हो। यस्तो गुण भने नेपालीमा भलिभाँती देखिन्छ।
त्यसैले होला आध्यत्ममा बढी रुचि राख्ने थपलियाले धार्मिक भावनाका कारणपनि नेपाली बढी खुसी भएको हुनसक्ने आफ्नो धारणा प्रस्तुत गरिन्। तर मनोविज्ञ शर्मिला यसलाई प्रमुख कारण मान्न तयार छैनन्। ‘सकरात्मक मनोसामाजिक भावना नै मुस्कुराउने प्रमूख कारण हो,’ उनले थपिन्, ‘अन्य कुरा पछि आउँछ।’
अनि अर्कोकुरा सकारात्मक भाव राख्न नेपालीलाई कुनै कारण आवश्यक छैन। भएका कुरामा मात्र हैन नभएका कुरामा पनि खुसी हुने गर्छन्। खेती सकाएपछि किसान मुस्कुराउँछन्। परीक्षा सकिएपछि विद्यार्थी मुस्कुराउँछन्। चङगा उडाउँदा बालबालिका रमाउँछन्। भर्खरै रङको पर्व फागु मनाउँदै गरेका दृष्टिविहिनको खुसी देख्दा त्यस्तै लाग्थ्यो। ‘रङहरु त मन भित्रै छन नी, ‘दृष्टिविहिन श्रृष्टी केसीले मुस्कुराउँदै सुनाएकी थिइन्, ‘रङ नदेखेर के भो र?
अहिले मात्र हैन, वल्र्ड ह्याप्पिनेस रिपोर्टको १० वर्षको तथ्यांकमा नेपाल प्रत्येक वर्ष खुसीको सिढीमा माथि उक्लदै गरेको छ। सन् २०१३ मा खुसीको १ सय ३५ औँ स्थानमा रहेको नेपाल प्रत्येक वर्ष खुसीको सिँढी उक्लदै सन २०२२ मा ८५ औँ स्थानमा आइपुगेको हो। ‘मुलुकको आर्थिक अवस्था सुध्रिने हो भने हामी खुसीको निकै माथिल्लो स्थानमा पुग्ने छौ, ‘महर्जनले थपिन् ‘त्यो दिनको कल्पनाले मात्र पनि नेपालाई झनै खुसी बनाउने छ।’
प्रकाशित: ९ चैत्र २०७८ ०७:१३ बुधबार