समाज

जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

आँबुखैरेनी गोरखा सडक खण्डको तीन किलोमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भिर घाईते भएका चालक आँबुखैरेनी गाउँपालिका ३ का सञ्जिव बयलकोटीको उपचारका लागि चितवन लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।  

बाग्मती ०१–०२५ च १०७३ नम्बरको जिपले प्रदेश ०३–०२०१४ प ८३२७ नम्बरको मोटरसाईकललाई शुक्रवार बिहान ठक्कर दिएको थियो।  

तरकारी बोक्न प्रयोग हुने बोलेरो गाडीले ठक्कर दिएको थियो। चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए।

प्रकाशित: २७ फाल्गुन २०७८ ०६:४६ शुक्रबार