समाज

प्लान इन्टरनेशनलको ‘राम्रो वर्तमान’ प्रतिवेदन सार्वजनिक

प्लान इन्टरनेशनलले ‘राम्रो वर्तमान’ प्रतिवेदन नेपाललगायत एसियामा बिहीबार सार्वजनिक गरेको छ।  उक्त प्रतिवेदनमा कोभिड–१९ का विषयमा युवाहरूका धारणा तथा दृष्टिकोण समावेश गरिएको प्लान इन्टरनेशनलले जनाएको छ।

उक्त प्रतिवेदनका लागि एसिया प्यासिफिकका युवालाई कोभिड–१९ महामारीको समयमा आफ्ना साथीहरूको व्यक्तिगत कथा र अनुभव सुन्न, सहानुभूति र प्रोत्साहनका पत्रहरू आदान प्रदान गर्न, तथा तस्बिरमार्फत आफूले भ्रमण गर्न चाहेको संसार हेर्नको लागि आह्वान गरिएको थियो।

'प्रतिवेदन यसै प्रक्रियाबाट आएको युवाहरूले महामारीका बेलामा भोगेका तथा महसुस गरेका समस्या तथा पिडाहरूको साथै वर्तमानलाई कसरी हेरेका छन् भन्ने विचारको सङ्कलन  हो। यति मात्र नभई, यसले गर्दा उनीहरू अझ परिपक्व तथा आत्मविश्वासी भएको समेत देखाएको छ।'

यो अभियानले यस एसिया क्षेत्रका युवा आजको सुन्दर सुरुवात गर्न चाहन्छन् भन्ने सन्देश दिएको जनाइएको छ। कोभिड–१९ महामारीको दोस्रो वर्षले एसिया क्षेत्रमा रहेका सम्पूर्ण युवालाई विभिन्न खाले चुनौती खडा गरिदिएको र यसको नियन्त्रणका लागि लामो समयसम्म गरिएको लकडाउन र योसँगै आएको निराशावादी सम्भावना तथा सङ्क्रमणका कारण बिरामी मानिसले गर्दा युवाहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ।    

त्यसैगरी, यसले आर्थिक चुनौती, शिक्षामा अवरोध, अनलाइन तथा अफलाइन लैङ्गिक हिंसा लगायत निम्त्याएको प्लान इन्टरनेशनलले जारी विज्ञप्तिमा जनाइएको छ। एसिया विकास बैङ्कका अनुसार २०२० मा यो महामारीका कारण ८ करोड मानिस चरम गरिबीको रेखामुनि पुगेका छन्। यो अवस्थामा ‘राम्रो वर्तमान’ का कथा तथा पात्रहरूले २०२१ मा एसिया क्षेत्रमा रहेका हरेक युवाहरूका लागि यसले वास्तवमा के अर्थ राख्छ भनेर चित्रण गर्दछ बताइएको छ।  

प्लान इन्टरनेशनलको अनुमानमा १ करोड ३ लाख किशोरीहरू बाल विवाह, कम उमेरमा हुने विवाह तथा जबरजस्ती हुने विवाहको जोखिममा रहेका छन् भने कोभिड–१९ का कारण किशोरावस्थामा गर्भधारण गर्ने सम्भावना पनि बढेको छ।  

प्रकाशित: २८ माघ २०७८ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App