समाज

अफगानिस्तानलाई सहायता सामग्री पठाइँदै

नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ। हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट भोलि (आइतबार) सहायता सामग्री पठाउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्री नारायण खड्काको सचिवालयका अनुसार नेपाली जनताको तर्फबाट अफगानिस्तानका जनतालाई सहायता सामग्री पठाउन लागिएको हो।

सहायता सामग्री अन्तर्गत खाद्यान्न, लुगाकपडा र औषधि रहेको सचिवालयले जनाएाके छ। नेपालको सहायता सामग्री बोकेर हिमालयन एयरलाइन्सको जहाज आइतबार बिहान त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट काबुलका लागि उड्नेछ।

सहायता सामग्री पठाउन अघि आइतबार बिहान परराष्ट्र मन्त्री खड्काले त्रिभुनव विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ।

अफगानिस्तानको सत्ता कब्जा गरेर अहिले तालिबानको सरकार बनेको छ। अहिले त्यहाँका मानिसहरुले खाद्यान्न अभाव झेलिरहेका छन्।

प्रकाशित: १ माघ २०७८ १०:२२ शनिबार