समाज

नेपालगन्जको लुम्बिनी गार्मेन्टमा फेरि आगलागी

नेपालगन्जस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा फेरि आगलागी भएको छ। शुक्रबार राती करिव १ बजेतिर आगलागी भएको हो।

महिला उद्यमी कास्मिरा खातुनले संचालन गरेको उक्त उद्योगमा चार करोड बढीको क्षति भएको संचालक खातुनले जानकारी दिइन्। करिव दुई वर्षअघि पनि उक्त उद्योगमा आगलागी भएको थियो। आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण उपकरण, तयारी कपडा, काचो कपडा लगायतका सामग्री जलेर नस्ट भएको उनले बताइन्।

जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले लुम्बिनी गार्मेन्ट उद्योगमा राती आगलागी भएको बताए। आगोलाई नेपालगन्ज उपमहानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको बताए। क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ पुस २०७८ ०८:५२ शनिबार

आगलागी लुम्बिनी गार्मेन्ट