समाज

थानकोटमा ३० वर्षीय युवक मृत फेला

काठमाडौको थानकोटमा ३० वर्षीय युवक मृत फेला परेका छन्। काठमाडौ नार्गजुन १ का सुजन लामा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

उनका अनुसार चन्द्रागिरी नगरपालिका वडा नं ४ मा लामाको शव भेटिएको थियो। उनको शव भेटिएपछि अनुसन्धानका लागि एसपी मैनाली घट्नास्थलमा पुगेका छन्। साथमा महानगरीय प्रहरी अपराध महाशाखा तथा चिकित्सकहरुको टोली पनि चन्द्रागिरीमा पुगेको छ। उनको के कति कारणले मृत्यु भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए।

प्रकाशित: १५ पुस २०७८ ०९:५८ बिहीबार

महानगरीय प्रहरी परिसर