समाज

ख्रीष्टमसको पूर्वसन्ध्यामा ख्रीष्टियन महासंघकाे मोटरसाइकल र्‍याली

ख्रीष्टमस २०७८ को सन्दर्भमा राष्ट्रिय ख्रीष्टियन महासंघले मोटरसाइकल र्‍याली गरेको छ।

यस वर्षको ख्रीष्टमस डे पुष १० गते परेको छ। ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीवार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले काठमाडौंमा शुभकामना आदान–प्रदान मोटरसाइकल र्‍याली गरेको हो।

र्‍याली बिजुलीबजार पुलबाट सुरु भई माइतिघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, लाजिम्पाट, उत्तरढोका हुँदै कृष्ण पाउरोटी, पुतलीसडक र भृकुटीमण्डप सम्म गरिएको थियो। र्‍यालीमा विभिन्न मण्डलीहरु, ख्रीष्टियन संघसंस्थाहरु, राजनीतिक दलहरु र मानवअधिकारकर्मीहरुको सहभागिता रहेको महासंघले जनाएको छ।

राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले महासंघले निकालेको शान्ति र्‍यालीबाट देशमा शान्ति र सुशासन स्थापना होस् भन्ने भावना राखेको बताए। ख्रीष्टियनहरुले ख्रीष्टमस डेलाई प्रेम र मुक्ति दिवसको रुपमा मनाउँदै आएको पनि उनले बताए।

महासंघ अध्यक्ष गहतराजले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको शान्ति, सु–स्वास्थ्य र समृद्धिको लागि महासंघले कामना गरेको बताए।

प्रकाशित: ८ पुस २०७८ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App