समाज

सालोद्वारा भिनाजुको हत्या

मानसिक समस्याको उपचार गराउन ल्याएका आफ्नै सालोले छुरा प्रहार गर्दा मंगलबार राति इटहरीमा एक जनाको मृत्यु छ। मृत्यु हुनेमा इटहरी वडा नं. ४ का ५१ वर्षे मुरारी गिरी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

भोजपुर जरायोटार घर भएका १९ वर्षे सालो अर्जुन राईले गिरीलाई छातीमा छुरा प्रहार गर्दा सिकिस्त भएका थिए। गिरीको नोवेल अस्पताल विराटनगरका उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।

सई गोविन्द खवासका अनुसार राईलाई मानसिक समस्या भएपछि दिदीभिनाजुले उपचार गर्न ल्याएका थिए। ‘अर्जुनलाई हस्पिटलबाट उपचार गराएर ल्याएपछि हात बाँधेर राखिएको रहेछ, बाँधिएको हात अचनाक फुस्काएर उनले भिनाजुलाई छातीमा छुरा प्रहार गरेको खुलेको छ,’ खवासले भने। छुरा प्रहार गर्ने अर्जुनलाई अहिले प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ।

प्रकाशित: २९ मंसिर २०७८ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App