समाज

ह्विलचियरसँगै नयाँ जीवन पाए बृद्धबृद्धाहरुले

भक्तपुरका ५३ वर्षीय रामवीर श्रेष्ठ (नाम परिवर्तन) युवा अवस्थामै पुलबाट खसेर दुर्घटनामा परेका थिए। दुर्घटनामा परेपछि उनी अशक्त भए। त्यसपछिबाट उनी हिड्दुल गर्न सक्दैनन्। हिड्डुुल गर्न नसकेसँंगै दिनरात एउटै ठाउँमा विताउनपरेपछि उनलाई जीवन नै व्यर्थ लागेको थियो। तर अहिले उनले फेरि नयाँं जीवन पाएका छन्। ह्विचलचियर पाएर हिडडुल गर्न पाएसँंगै उनले नयाँं जीवन पाएका हुन्। जीवन व्यर्थ लागेको थियो, अहिले फेरि नयाँं जीवन पाएको अनुभब भयो, उनले नागरिकसँंग खुशी साट्दै भने।  

रामवीर जस्तै अहिले भक्तपुरको भेलुखेलमा रहेको सिद्धि शालिग्राम जेष्ठ नागरिक आश्रम बृद्धाश्रममा रहेका झण्डै एक दर्जन बृद्धबृद्धाहरुले नयाँं जीवन पाएका छन्। उमेर तथा अन्य विविध कारणले हिड्डुल गर्न नसकी एउटै कोठामा जीवन विताउन बाध्य भएका उनीहरुले ह्विलचियर पाएसँंगै नयाँं जीवन पाएका हुन्।  

प्यारालासिस भएका कारण एउटै कोठामा वसेर जीवन जिउन बाध्य बृद्धाश्रममा रहेका बृद्धा इन्द्रदेवी प्याठ (नाम परिवर्तन) पनि अहिले ह्विलचियरसँगै नयाँं संसार देख्न पाएको अनुभब सुनाउँंछिन्। पहिलो खाटमै बसेर दिनरात काट्न बाध्य आफूले अहिले बृद्धाश्रमबाट बाहिर पनि गएर बाहिरको संसार पनि हेर्न पाएकाले पुनः नयाँं संसार देख्न पाएको भन्दै खुसी साट्छिन् उनी। बृद्धाश्रमको दक्षिणतिर बृद्धाश्रमले बृद्धबृद्धाहरुका लागि ठूलो खुल्ला चौरको व्यवस्था गरेको छ।  

बढी उमेरका कारण हातखुटा कमजोर भएर हिडडुल गर्न नसक्ने बृद्धाश्रममै रहेकी राज्यलक्ष्मी महर्जन (नाम परिवर्तन) अहिले ह्विलचियरमा बसेर घाम ताप्न जान पाइने मात्रै नभई बाहिरको बातावरण हेर्न पाएकोमा आफूलाई भाग्नमानी सम्झन्छिन्। उनले मात्रै नभएर आफूजस्तै सवै साथीहरुले ह्विलचियरसँंगै नयाँं जीवन पाएकोमा उनी दंग छिन्।  

बृद्धाश्रमकी इन्चार्ज नर्स अमृता सुवालका अनुसार बृद्धाश्रममा अहिले ३० जना बृद्धाहरु र नौ जना बृद्धहरु रहेर कुल ३९ जना बृद्धबृद्धाहरु रहेका छन्। तिनीहरुमध्ये बढी उमेर तथा अनेक कारणले दस जना बृद्धबृद्धाहरु हिड्डुल गर्न सक्दैनन्। उनीहरु सवैका लागि अहिलेको ह्विलचियर बरदान सावित भएको दुवाल बताउँंछिन्। १० जना बृद्धबृद्धाहरुका लागि एउटाएउटा ह्विलचियर भएको भए सुनमा सुगन्ध हुने थियो, उनले बृद्ध आमाबुबाहरुको भनाई उदृध गर्दै भने, उहाँंहरु त एकजनालाई एउटा भयो भने हुन्थ्यो नि नानी भनेर भन्छन्।  

लायन्स क्लव अफ सूर्यविनायक भक्तपुरले बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको दुःख देखेर पाँंच वटा ह्विलयचेयर सहयोगस्वरुप निःशुल्क दिएको हो। समाजको लागि केही गर्ने उद्देश्यका साथ सहयोग गरको लायन्स क्लब अफ भक्तपुर सूर्यविनायकका अध्यक्ष विष्णुभक्त मारिखू बताउँंछन्।  

अस्पतालका मुख्य व्यवस्थापक अनिल राजभण्डारीका अनुसार जिल्लामा रहेको यो एउटै मात्रै ठूलो स्केलको बृद्धाश्रम हो। सन् २००५ देखि बृद्धबृद्धाहरुको सेवाका लागि निजी रुपमा बृद्धाश्रम सञ्चालनमा ल्याएको उनले सुनाए।

प्रकाशित: १५ मंसिर २०७८ ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App