समाज

भारतबाट ल्याएको ५० बोरा चिनी बरामद

भारतबाट नेपाल भन्सार छली ल्याएको ५० बोरा चिनी सुनसरीको इनरुवाबाट प्रहरीले बरामद गरेको छ। इनरुवा वडा नं. ९ पोखरी चौक सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली प्र १–०२–००२ च ४९६१ नं. को पिकअप गाडीमा ल्याउँदै गरेको चिनी प्रहरीले बरामद गरेको हो।

विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट पोखरी चौकमा कार्यरत असईको कमाण्डमा खटिएको टोलीले चेक जाँच गर्दा चिनी फेला पारेर बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चिनी ओसारपसारमा प्रयोग भएको सवारी साधन, चालक र समानधनीसहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजको जिम्मा लगाइएको छ।

यसैगरी, गढी वडा नं. ४ स्थित सडक खण्डमा प्रहरीले चेक प्वाईन्ट खडा गरी चेक गरीरहेको अवस्थामा चिनी र सुर्ती लोड गरी दक्षिणवाट उत्तर तर्फ आउदै गरेका २ वटा मोटर साईकलमा सवार मानिसहरु प्रहरीलाई देखी मोटरसाईकल छोडी भागेका छन्।

मोटरसाइकलमा सवार व्यक्ति भागेपनि प्रहरीले दुई वोरा सुर्ती र ६ बोरा चिनी  भन्सार बरामद गरेको छ।

प्रकाशित: ३ मंसिर २०७८ १३:१७ शुक्रबार

जिल्ला प्रहरी कार्यालय