समाज

६ लाख बढी नगदसहित ३१ जना जुवाडे पक्राउ

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित दुई छुट्टा छुट्टै जुवाको खालबाट प्रहरीले ६ लाख बढी नगद सहीत ३१ जना जुवाडेलाई बिहीवार राति पक्राउ गरेको छ। ईलाका प्रहरी पिपराबाट खटिएकाका प्रहरीले गोप्य सुचनाका आधारमा  छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। 

प्रहरी निरीक्षक दिनेश गुरुङले जुवाको खालबाट पासा सहीत उनीहरुलाई पक्राउ गरेको बताए। बाणगंगा नगरपालिका वडा नम्बर २ तिनैयाबाट ७६ हजार ७४५ नगद सहीत १२ जना पक्राउ परेका छन्।यस्तै नगरपालिका वडा नम्बर १ बैरियाबाट ५ लाख ४२ ह जार ३८० रुपैया नगदसहित १९ जनालाई पक्रेको थियो। १९ जनालाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक गुरुङले बताए। यस्तै १२ जनालाइृ भने ईलाका प्रहरी कार्यालय पिपराको हिरासत कक्षमा राखिएको छ। 

पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने शीर्षकमा मुद्दा चलाईने प्रहरी निरिक्षक गूरुङले बताए। एकै पटक यति धैरै संख्यामा जुवाडे पक्राउ परेको यो जिल्लाको पहिलो घटना रहेको प्रहरीले जनाएको छ। उता सदरमुकाम तौलिहवा बजारमा राति बाटोमा पटाका पडकाउने होहल्ला गरी हिडेका २३ जनालाई बिहीवार राति पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताए। उनीहरुलाई शुक्रवार काजग गराई छाडिएको उनले बताए।

प्रकाशित: १९ कार्तिक २०७८ ०८:३९ शुक्रबार