समाज

साढे ३ लाख रुपैयाँसहित ६ जना जुवाडे पक्राउ

साढे तीन लाख रुपैयाँसहित कोहलपुरमा ६ जना जुवाडे पक्राउ परेका छन्।

कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरीस्थित रुद्रबिर खड्काको घरको कोठाबाट प्रहरीले सोमबार राती १ बजेतिर पक्राउ गरेको हो। पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरिएको छैन।

खड्काको घर कोठामा केही मानिसहरु जम्मा भई हार जितको जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले ३ लाख ४९ हजार ७ सय ५ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पक्राउ परेका ६ जनाविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०७८ ११:२५ मंगलबार

जुवाडे