समाज

बुटवलस्थित मोतीपुरको कर्फ्यू हट्यो

स्थानीय प्रशासनले रुपन्देहीको बुटवलस्थित मोतीपुर क्षेत्रमा लगाएको कर्फ्यु आजबाट हटाएको छ। आइतबारदेखि जारि कर्फ्यू अवस्था सामान्य बन्दै गएपछि बुधबार बिहानबाट हटाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न आएका स्थानीय र प्रहरीबीच झडपले उग्र रुप लिएपछि प्रशासन कार्यालयले आइतबार दिउँसो ४ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो। प्रहरीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए भने प्रहरी र स्थानीय गरी सयौँ घाइते भएका थिए।

झडपपछि स्थितिलाई नियन्त्रणमा लिन त्यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगाउँदै आएको थियो। स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यू हटाइएको हो।

प्रकाशित: २७ आश्विन २०७८ ०५:३२ बुधबार

जग्गा अतिक्रमण मोतीपुर औद्योगिक क्षेत्र कर्फ्यू आदेश