समाज

खोलामा युवा बेपत्ता

मोरङको रंगेली नगरपालिकाका एक जना युवा बक्राहा खोलामा बेपत्ता भएका छन्। शनिबार दिउँसो २ बजेतिर बक्राहा खोलाको पुलबाट हामफालेका रंगेली–७ का २९ वर्षीय सुरेश मण्डल बेपत्ता भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार खोलामा हामफाल्नुअघि मण्डलले मादक पदार्थ सेवन गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। ‘स्थानीयका अनुसार मण्डलले हामफाल्नु अघि मादक पदार्थ सेवन (मापसे)गरेका थिए,’ डिएसपी श्रेष्ठले भने, ‘नशाको सुरमा उसले हामफाल्दा निस्कन नसकेपछि बेपत्ता भएको हुनुपर्छ।’  स्थानीयको सहयोगमा खोजी कार्य जारी राख्दै घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०७८ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App