समाज

थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पिसिआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षणमा ९३१ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार१२ रहेको छ। यो सँगै ७ लाख ८०७९ जनामा संक्रमण देखिएको छ।

यस्तै, २४ घन्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेको छ। जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा छन्।

प्रकाशित: २१ श्रावण २०७८ ११:०९ बिहीबार

कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय