समाज

थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण, २४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६३८ नमुनाको पिसिआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ।  

यसैगरि, कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ९९४ जना रहेको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ।

प्रकाशित: १९ श्रावण २०७८ १२:१९ मंगलबार

कोरोना संक्रमण