समाज

खाल्डोमा डुबेर बालिकाको ज्यान गयो

गोरखाको पालुङटार नगरपालिका ६ च्याङ्लीस्थित पौवाटार–सेरा सडक खण्डको छेउमा रहेको खाल्डोमा डुबेर एक बालिकाको ज्यान गएको छ। लामाटारी नजिकै खहरे खोलाबाट ग्राबेल निकाल्दा खाल्डो भएको र पानी जम्मा भएको ठाउँमा पौडी खेल्ने क्रममा १३ वर्षका आशा तामाङको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। 

जमेको पानीमा पौडी खेल्दा बालिकाको घटनास्थलमै मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताए।

प्रकाशित: १७ श्रावण २०७८ १२:१२ आइतबार

खाल्डोमा