समाज

तुईन काट्दा बेपत्ता धामीको विषयमा छानबिन गर्न नागरिक अभियानको माग, घटना हुनुमा ओली सरकारलाई दोष

नेपाल नागरिक अभियानले दार्चुलाको व्यास गाउँपालिका मालघाटस्थित महाकारी नदी पार गर्न सीमावर्ती तुईन तर्दै गर्दा एसएसबीका सुरक्षाकर्मीले आरा प्रयोग गरी जानाजान तार काटी दिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएकोमा ध्यानाकर्षण भएको जनाएको छ।

एक विज्ञप्ति निकाल्दै अभियानले सो विषयमा उचित छानबिन गर्न माग गरेको छ। अभियानले सो घटनाबारे छिमेकी भारतसँग तत्कालै कुटनीतिक पहल गरी नेपाल भारतका प्रतिनीधि सहितको संयुक्त उच्च छानविन समिति गठन गर्न समेत अनुरोध गरेको छ। अभियानले सो घटनालाई अमानवयि घटना भएकाले आगामी दिनमा सो प्रकृतिका घटना नदोहरिने गरी सीमावर्ती नागरिहरुबीच आपसी सद्भाव नखल्बलिने अवस्था बनाउन पनि माग गरेको छ।

अभियानले उक्त घटना हुनुमा ओली नेतृत्व जिम्मेवार रहेको समेत विज्ञप्तिमार्फत् स्पष्ट पारेका छ। ‘दुई वर्षमा सम्पूर्ण तुईन विस्थापत गरी पक्की पुल तथा झोलुंगे पुल निर्माण गरी सक्ने हवाई गफ दिँदै विकासका आकाशे किल्ला निर्माण गरी चार वर्ष शासन गरेको ओली नेतृत्वको माकाफुई सरकारको विश्वासघाती चरित्रको कारण तराई र पहाड सीमावर्ती क्षेत्रमा वर्षौंदेखि नेपाली जनताहरु यस्तै प्रकारका अमानवीय क्रुर मृत्युवरण गरिरहन बाध्य भइरहेका छन्।’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १६ श्रावण २०७८ १४:०८ शनिबार

नेपाल नागरिक अभियान