समाज

हत्या गरेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ

हत्या गरेर फरार रहेका एक जना १४ वर्षपछि पक्राउ परेका छन्। पाणिनी गाउँपालिका वडा नम्बर ५, मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार रहेका सोही गाउँपालिका घर भइ हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो।  

२०६४ सालमा मृतक सुर्यवंशीको घरमै तीनजना मिलेर हत्या गरेका थिए। हत्यामा संलग्न अन्य दुईजना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

प्रहरी प्रमुख थापाका अनुसार मृतक सुर्यवंशीलाई पूर्व रिसीबीका कारण २०६४ कार्तिक २६ गते घरमा खाना खान लागेको अवस्थामा तीन जनाले कुटपिट गर्न खोज्दा उनले प्रतिवाद गरेका थिए। उनी भाग्न खोज्दा तीनै जनाले घरको थाममा नाम्लोले बाँधी लाठी र घरेलु हतियारले हानेर फरार भएका थिए।

सुर्यवंशीको घटनास्थमै शव फेला परेको थियो। अभियुक्तहरुमध्ये हुमबहादुर रास्कोटीलाई कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १, उप्टहवास्थित घरमा रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरकोे प्रनाउ थापाले बताए।

अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भई रहेको र अन्य फरारहरुको खोजतलास भइ रहेको पनि प्रहरीको भनाइ छ।

प्रकाशित: ३० असार २०७८ १४:२६ बुधबार

जिल्ला प्रहरी कार्यालय हत्या