समाज

कोरोना नियन्त्रणमा खटिएका प्रहरीलाई प्रोत्साहन भत्ता

रोल्पामा एउटा स्थानीय तहले कोरोना नियन्त्रणमा खटिएका प्रहरीहरुलाई जनही ५ हजारका दरले प्रोत्साहन भत्ता दिने भएको छ । अग्रपंत्तिमा रहेर कोरोना महामारी नियन्त्रणमा खटिएको भन्दै प्रहरीको मनोवल बढाउने उद्देश्यले यो निर्णय गरिएको परिर्वतन गाउँपालिकाले बताएको छ ।  

‘अग्रपंत्तिमा खटिएका प्रहरीहरुलाई प्रोत्साहन स्वरुप जनही ५ हजार दिने निर्णय गरेका हौँ ।’ परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डागीले भने ‘क्वारेन्टिनको सुरक्षा र कोभिड नियन्त्रणमा खटिएका गाउँपालिका भित्र रहेर सेवा गरिरहेका प्रहरीले यो रकम पाउने छन् ।’

गाउँपालिकाको यो निर्णयले प्रहरीको मनोबल बढ्ने रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी बताउँछन् । ‘लामो समय देखि महामारी नियन्त्रणमा अग्रपंत्तिमा खटिएका प्रहरीलाई प्रोत्साहन गर्नु सकारात्मक हो ।’ सुवेदी भन्छन् ‘अन्य स्थानीय तहहरुले पनि यो निर्णयलाई आत्मसाथ गर्दा सकारात्मक सन्देश जाने देखिन्छ ।’

डिएसपि सुवेदीका अनुसार रोल्पामा प्रहरीले कोरोना सम्बन्धी सचेतना बढाउने, लक डाउनको कार्यान्वयन गर्ने, अलपत्र परेका व्यक्तिहरुको व्यवस्थापन गर्ने, आइसोलेसन केन्द्रको सुरक्षा, शव व्यवस्थापन लगायतका कामहरुमा अग्रपङ्तिमा रहि नेतृत्व दायी भुमिका निर्वाह गरिरहेको छ ।

स्थानीय तहले कामको मुल्याङ्कन गर्दै प्रोत्साहन भत्ता दिने भए पछि परिबर्तन गाउँपालिकामा रहेर सेवा गरिरहेका प्रहरीहरु दंग परेका छन् । ‘हाम्रो कामको उचित मुल्याङ्कन भएको अनुभुती गरेका छौँ ।’ एक प्रहरी जवान भन्छन् ‘यसले हामीलाई काम गर्न थप हौसला दिएको छ ।’  

प्रकाशित: २८ असार २०७८ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App