समाज

ताप्लेजुङको सिदिङ्वामा फेला पर्‍यो मानव कंकाल, सनाखत हुन बाँकी

प्रहरीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखु मिश्रटारस्थित देवीप्रसाद मिश्रको खेतमा एक सडेगलेको मानव कंकाल फेला पारेको छ। सडीगली मकिएको अवस्थामा मानव कंकाल हड्डीहरु यत्रतत्र छरिएर दुर्गन्धित फैलिइ रहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले मानव कंकाल र आसपासमा फेला परेका सामग्री संकलन गरी ल्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता/सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिए।  

अधिकारीका अनुसार सो मानव कंकालको कसको भनेर खुलेको छैन। प्रहरीले उक्त स्थानबाट निलो स्वीटर, महिलाले लगाउने सुरुवाल, रातो सेतो चेक भएको सर्ट, सेतो भेष्ट, खैरो निलो धर्को भएको ट्राउजर र महिलाले लगाउने निलो रंगको भित्री वस्त्र समेत फेला पारेको समेत अधिकारीले जानकारी दिए। उक्त कंकालको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गर्दा कंकाल सनाखत गर्ने मानिस फेला नपरेको हुँदा उक्त कंकाललाई खनाखत पोष्टमार्टका लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा ल्याइ राखिएको समेत प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १४ असार २०७८ १४:३६ सोमबार

मानव कंकाल सनाखत