समाज

कोरोना उपचारका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय निकाससँग आग्रह

कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले अन्तर्राष्ट्रिय निकायसँग सहयोगका लागि आव्हन गरेको छ । महानगरपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस नियन्त्रणका लागि खोप, स्वास्थ्य सामग्रीलगायत उपचारमा आवश्यक सामग्री उपलब्ध गराउन आवहान गरेको छ । 

महानगरपालिकाका प्रमुख भीम पराजुलीले जारी गरेको विज्ञप्तिमा संघीय र प्र्रदेश सरकारले कोरोना भाइरस नियन्त्रणका लागि खोप, स्वास्थ्य सामाग्रीलगायत कम अनुपातमा उपलब्ध जनाएको छ ।  

महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएको अन्तर्राष्ट्रिय सहर र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था समक्ष कोरोनाविरुद्धको खोप तथा अति आवश्यकीय स्वास्थ्य सामग्री उपलब्ध गराई दिन आग्रह गरेको जनाएको छ । महानगरपालिकाका प्रमुख पराजुलीले सरकारले स्थानीय तहमा जनघनत्व अनुसार खोप, स्वास्थ्य सामाग्री उपलब्ध गराउन नसक्दा समस्या भएको जनाएका छन् ।  

‘खोप खरिदका लागि संघीय सरकारको अनुमति आवश्यक हुने हुँदा खरिद प्रक्रियामा अघि बढाउन सकिएको छैन,’ प्रमुख पराजलीले भने, ‘सरकारले उपलब्ध गराएको खोप अपुग भएको हुँदा यहाँका जनताको ठूलो गुनासो छ । जनतालाई राहत दिनका लागि खोप खरिद गरेर ल्याउन संघीय सरकारले अनुमति दिन जरुरी रहेको छ भने विदेशबाट स्वास्थ्य सामग्री ल्याउन झन्झटिलो प्रक्रियालाई सहज बनाउन आग्रह गर्दछु ।’  

दोस्रो चरणको कोभिडको नयाँय भेरियन्टबाट भएको महामारीमा महानगरपालिकामा समुदायस्तरमा फैलिएको र तेस्रो चरणको भेरियन्ट आउने सम्भावनालाई मध्यनजर गर्दै चीनको उहाँन र उहुँ सहर, हेल्भेटास, कोरियाको कोइका तथा सिटिनेट सियोल, डिएफआइडी, युएसएआइडी, युएनडिपी, जापानको जाइका तथा सिटिनेट डिआरआर अफिस योकोहामा, करुणा फाउण्डेसन नेपाल, रोटरी क्लब इन्टरनेशनल, भारत र जर्मनीका दुतावाससँग स्वास्थ्य सहयोगका लागि अपिल गरेको जनाएको छ। 

प्रकाशित: ५ असार २०७८ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App