समाज

सल्यानका २० घरमा खोला पस्यो

फाइल तस्बिर

शारदा नगरपालिका १३ र छत्रेश्वरी गाउँपालिका–६ को सिमाना सांगाढका २० घरमा खोला पसेको छ। लगातारको वर्षापछि खोलामा पानीका बहाव बढेर उक्त घरहरुमा पानी पसेको हो।

जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणको तत्कालै उद्दार गरेको छ भने घरभित्रका मालसामान पनि सुरक्षित स्थानमा पुर्‍याएको छ। ‘खोला बढेर सबै घरमा पस्यो,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले भने, ‘त्यहाँ तत्कालै उद्धार भयो।’ उनका अनुसार यहाँ मानवीय क्षति भएको छ। 

सल्यानका विभिन्न क्षेत्रमा वर्षाका कारण साना पहिराहरु गएका छन्।  त्यस्तै दिनभरि शारदा नदीको टापुमा फसेका थप ११ जनाको उद्दार गरिएको छ। शारदा नगरपालिका–६ बरालामा धान रोप्न गएका उनीहरु टापुमै फसेका थिए।

प्रकाशित: ३ असार २०७८ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App