समाज

थप ६ हजार ८५ जनामा संक्रमण, ६८ को मृत्यु

पछिल्लो समय नेपालमा कोराना भाइसको संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दै गएको छ। २४ घण्टामा ६८ जनाको संक्रमणबाट मृत्यु भएको छ।  

यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरि, पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८९८ रहेको छ। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ। संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ।

प्रकाशित: १८ जेष्ठ २०७८ ११:५७ मंगलबार

नेपालमा कोराना भाइसको संक्रमण