समाज

विद्यार्थीद्वारा ताप्लेजुङ अस्पताललाई ४ लाख ७० हजार बराबरको सहयोग

‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेश आनन्द मनले’ 

महाकवी लक्ष्मीप्रसाद देवकोटाको यो सृजनाले मन र धनबीचको फरक स्पष्ट पारेको छ । देवकोटाको सृजनाको त्यहिँ भावलाई कामले पुष्टी गर्दै ताप्लेजुङको फुङलिङस्थित कञ्चनजंघा बोर्डिङ स्कुलमा अध्ययन गर्ने २०६१ सालमा एसएसलसी उतिर्ण विद्यार्थीहरूको समूह मिलेर ताप्लेजुङ अस्पताललाई ४ लाख ५० हजार बढी रकम सहयोग गरेका छन्। एसएलसीको २०६१ सालको ब्याचका विद्यार्थी मिलेर ताप्लेजुङ जिल्ला अस्पताललाई ४ लाख ७० हजार बराबरको सहयोग गरेका हुन्। 

सहयोग गर्ने मध्येका एक एनएमबी बैंक ताप्लेजुङका शाखा प्रवन्धक अनिल श्रेष्ठका अनुसार २ लाख ५० हजार मूल्य बराबरको ५ लिटर क्षमताको २ थान अक्सिजन कन्सन्ट्रेटर, भ्याटसहित १५ हजार मूल्य बराबरको ५ थान पल्स अक्सिमिटरसहितका सामग्री हस्तान्तरण गरिएको छ। यस्तै ताप्लेजुङ जिल्ला अस्पतालको कोरोना उपचार कक्षमा रही कोभिडविरुद्धको उपचार गराइ रहेका दिनको ३ पटकसम्म पौष्टक आहार तथा कोभिडका बिरामीको उपचारमा खटिएका ४ जना स्वास्थ्यकर्मीलाई खानासहित बढीमा एक महिनाको व्यवस्थापन गर्न जिल्ला अस्पतालको क्यान्टिन सञ्चालकसंगको सम्झौता अनुसार २ लाख रुपैयाँ र ५ हजार रुपैयाँ बराबरको १ थान स्पिकर र मेमोरीकार्ड गरी कूल ४ लाख ७० हजार मूल्य बराबरको सामान ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामालाई हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिए। 

स्वास्थ्य सामग्री र कोभिडको उपचार गराइ रहेका बिरामी तथा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई खाना तथा पौष्टिक आहार बापतको रकम व्यवस्थापनका लागि प्रवन्धक श्रेष्ठसहित फुङ्लिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष जीतेन लिम्बू, कञ्चनजंघा निर्माण सेवाका प्रोपाइटर बिनोद भारती, सिटिजन लाइफ इन्स्योरेन्सका ताप्लेजुङका शाखा प्रवन्धक सन्तोष भट्टराईको पहलमा कञ्चनजंघा बोर्डिङ स्कुलमा अध्ययन गर्ने २०६१ सालमा एसएसलसी उतिर्ण विद्यार्थीको सहयोग गरेको बताइएको छ।

प्रकाशित: १७ जेष्ठ २०७८ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App