समाज

पत्रकार चौधरीको स्मृतिमा पुरस्कार स्थापना

नेपाल पत्रकार महासंघ रौतहट शाखाले दुई हप्ता पहिले मृत्यु भएका पत्रकार मनोजकुमार चौधरीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको छ।

कोरोना संक्रमणले मृत्युवरण गरेका पत्रकार चौधरीको स्मृतिमा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ।

गत वैशाख २९मा उपचारको क्रममा पत्रकार चौधरीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा मृत्यु भएको थियो। महासंघको रौतहट शाखाले उक्त पत्रकारिता पुरस्कार हरेक वैशाख २९ कै दिन वितरण गर्ने जनाएको छ।

२५ हजार रुपैयाँको उक्त पत्रकारिता पुरस्कारको स्थापना चौधरीका घरपरिवारको सल्लाहमा गरिएको महासंघले जनाएको छ।

गरुडामा रेडियो मधेस मसला एफएमका सञ्चालक तथा स्टेशन म्यानेजर रहेका पत्रकार चौधरी अन्य विभिन्न संघसंस्थामा पनि आबद्ध थिए।

प्रकाशित: ११ जेष्ठ २०७८ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App