समाज

लमजुङमा फेरि ५.३ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

लमजुङ केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। बिहान ८ बजेर २६ मिनेटमा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि आज आज बिहानै ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र बनाएर ५.८ म्याग्नेच्युडको भूम्कम्प गएको थियो। सो भूकम्पमा लम्जुङमा सात वटा घर भत्केका छन्। यस्तै, भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन्।

प्रकाशित: ५ जेष्ठ २०७८ ०३:१९ बुधबार

५.३ म्याग्निच्युडको भूकम्प