समाज

बाँकेमा कोरोना महामारी झन् भयावहः एक महिनाभित्र २ सय ४२ को मृत्यु

बाँकेमा शव ब्यवस्थापन गर्दै नेपाली सेना। तस्बिर: नागरिक

दोस्रो चरणमा नयाँ भेरियन्टसहित फैलिएको कोरोना संक्रमणबाट बाँकेमा एक महिनाभित्र २ सय ४२ जनाको मृत्यु भएको छ। बाँकेमा गत वैशाख १ गतेदेखि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा फैलिएको थियो। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार वैशाख १ गतेदेखि ३१ गतेसम्म मृत्यु भएका २ सय ४२ मध्ये १ सय ४१ पुरुष र १ सय १ जना महिला रहेका छन्। यसमध्ये बाँकेका मात्रै १ सय ६७ जना छन्। बाँकेका ९४ जना पुरुष र ७३ जना महिलाको एक महिनाभित्र मृत्यु भएको छ।

केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेमा बाहिरी जिल्ला समेतका गरी वैशाख १ देखि ४ गतेसम्म १/१ जना, वैशाख ५ गते ४ जना, ६ गते २ जना, वैशाख ७ देखि ९ गतेसम्म ३/३ जना, १० गते २ जना, ११ गते ६ जना, वैशाख १२ गते १० जना, १३ गते ५ जना, वैशाख १४ गते १० जना, १५ गते ४ जना, वैशाख १६ गते १२ जना, १७ गते ८ जनाको मृत्यु भएको छ। यस्तै वैशाख १८ गते ९ जना, १९ र २० गते १२/१२ जना, २१ गते ६ जना, २२ गते ४ जना, २३ गते १६ जना, वैशाख २४ गते ११ जना, २५ गते ९ जना, २६ गते १७ जना, २७ गते ७ जना, वैशाख २८ गते १८ जना, २९ गते १६ जना, ३० गते १४ जना र ३१ गते १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।  

यसैगरी बाँकेका मात्रै वैशाख २, ५ र ६ गते १/१ जना, वैशाख ७ र ८ गते ३/३ जना, वैशाख ९ गते २ जना, १० गते १ जना, वैशाख ११ गते ६ जना, १२ गते ८ जना, वैशाख १३ गते ४ जना, १४ गते ७ जना, वैशाख १५ गते ४ जना, १६ गते ९ जना, १७ र १८ गते ५/५ जना, १९ गते ९ जनाको मृत्यु भएको छ। त्यस्तै वैशाख २० गते १० जना, २१ गते ४ जना, २२ गते ३ जना, वैशाख २३ गते १४ जना, वैशाख २४, २५ र २६ गते ९/९ जना, २७ गते ५ जना, २८ गते ७ जना, वैशाख २९ गते १० जना, ३० गते ९ जना र ३१ गते ८ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए।  

केन्द्रका अनुसार वैशाख महिनाभित्र भित्र ५ हजार ५ सय ४ जना पुरुष र ४ हजार ६ सय १० जना महिला गरी १० हजार १ सय १४ जना संक्रमित भएका छन्। यस्तै एक हजार ९ सय ७७ जना पुरुष र १ हजार ६ सय ९८ महिला गरी ३ हजार ६ सय ७५ जना सक्रिय संक्रमित भएका छन्।  कोरोना संक्रमित भएर पनि जिल्लाका ६ हजार ४ सय ७० जना निको भएका छन्। यसमध्ये ३ हजार ५ सय ४५ पुरुष र २ हजार ९ सय २५ जना महिला रहेको केन्द्रले जनाएको छ।

संक्रमण तिब्र रुपमा फैलिदाँ स्थिती झन् भयावह बनिरहेको छ। संक्रमितको चाप बढेपछि अस्पतालले थेग्नै गाह्रो भएको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, विभिन्न आइसोलेसन सेन्टर तथा होमआइसोलेसनमा संक्रमितको मृत्युदुर दिनहुँ बढिरहेको छ। संक्रमितको उपचार गरिरहेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर तथा शिक्षण अस्पताल नेपालगन्जमा बेडभन्दा संक्रमित बिरामीको चाप अधिक मात्रामा रहेको छ।

प्रकाशित: १ जेष्ठ २०७८ १५:१४ शनिबार

कोरोना संक्रमण