समाज

सुदूरपश्चिममा एकैदिन १८ को मृत्यु, हजार बढी नयाँ संक्रमित थपिए

सुदूरपश्चिममा दोश्रो लहरको नयाँ भेरियन्टसहितकाे कोराेना संक्रमणले मृत्यु हुनेको संख्या बढ्दै गएको छ। सुदूरपश्चिममा कोराेना संक्रमणले आइतबार एकैदिन १८ जनाको मृत्यु भएकाे छ। 

स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार कैलालीमा ९ जना, कंचनपुरमा ७, बाजुरा र दार्चुलामा १ गरि १८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिममा आइतबार २५ सय ६४ को परीक्षण गर्दा  एकैदिन १ हजार ६७ नयाँ संक्रमित थपिएका छन्। सुदूरपश्चिममा एकैदिन मृत्यु हुने र एक दिनमा नयाँ संक्रमित थपिएको यो अहिले सम्मकै उच्च हो।

सुदूरपश्चिममा ७ हजार ४ सय ५२ सक्रिय संक्रमित रहेका छन्। सुदूरपश्चिममा कोराेना संक्रमणले अहिले सम्म २ सय ८ जनाको मृत्यु भएको छ। संक्रमितको चाप बढेर सुदूरपश्चिममा सरकारी तथा नयाँ अस्पताल भरिभराउ भएका छन्। बेड, आईसियु र भेन्टिलेटर भरिएर एकातिर संक्रमितलाई अस्पताल भर्ना हुन नै समस्या परेको छ भने अर्कोतिर अक्सिजनको हाहाकार भएकाले अक्सिजन नपाएर कयौले ज्यान गुमाईरहेका छन्।

प्रकाशित: २६ वैशाख २०७८ १३:५२ आइतबार

सुदूरपश्चिम प्रदेश संक्रमित उच्च