समाज

विभिन्न विधाका श्रष्टाहरुलाई अमिना कोषद्वारा सम्मान

अमिना कोषले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान गरेको छ । कोषद्वारा पहिलो पटक जिल्लाका नौ जना श्रष्टाहरु सम्मान भएका हुन । उनीहरुलाई दोसल्ला र प्रमाण पत्रका साथ सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा डोल्पाका विद्यालयहरुमा शैक्षिक सुधारको लागि लामो समयदेखि शैक्षिक भौतिक आर्थिक र मानवीय सहयोग जुटाउदै आएका क्रियासन नेपाल काठमाडौका संयोजक विनोद शाही, साहित्य प्रतिष्ठान डोल्पाका हर्कबहादुर गुरुङ्ग(चिन्तन डोल्पाली), स्नो याक फाउण्डेशनका अध्यक्ष श्रीमनि राज शर्मा र अनाथ तथा असहाय बालबालिकाहरुको लालनपालनदेखि शिक्षा स्वास्थ्य जस्तो कार्यमा अविभावकत्व निर्वाह गर्दै आएकी महिला सामुदायिक सेवा समाज अनाथ बालबालिका संरक्षण केन्द्र डोल्पाकी अध्यक्ष दिलमाया विष्ट रहेकी छन् ।

यसैगरि सब ओभरसियर सुकबहादुर बुढा, सिद्दिबहादुर बुढा, विजया बुढा र बालकृष्ण बोहरा लगायतका शिक्षकहरुलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको कोषका अध्यक्ष गमबहादुर बुढाले बताए । त्रिपुरासुन्दरी नपा ९ चुँ गाउँ घर भई सदरमुकाम दुनैदेखि घर तर्फ आउदै गर्ने क्रमममा २०७५ कार्तिक १९ गते भएको जीप दुर्घटनामा परेर मृत्यु भएकी अमिना बुढाका परिवारहरुले स्थापना गरेको अमिना कोष एक सामाजिक भावबाट प्रेरित भएर स्थापना गरिएको कोष हो । अमिनासंगै अन्य दश जनाले ज्यान गुमाएका थिए । विभिन्नि विधाका सम्मानित ब्यक्तित्वहरुलाई प्रमुख अतिथि लिकु संयुक्त क्याम्पसका प्राचार्य यामप्रसाद शर्मा गौतम, समाजसेवी दिप बोहरा र दिपा बुढाले दोसल्ला ओडाएर प्रमाणपत्रका साथ सम्मान गरेका थिए ।  

मृतक अमिनाको नाममा २ लाख ५० हजारको कोष स्थापना गरिएको र विभिन्न क्षेत्रहरुबाट कोषमा सहयोग प्राप्त जारी रहेको अध्यक्ष बुढाले बताए । विभिन्न श्रष्टाहरुको सम्मान पुर्व कोषको आयोजनामा सकारात्मक सोच प्रभातफेरी समेत गरिएको थियो ।

प्रकाशित: १७ वैशाख २०७८ १३:५९ शुक्रबार