समाज

हत्या अभियोग लागेको ११ वर्षपछि पक्राउ

हत्या अभियोगको फरार सूचीमा रहेका एक जना ११ वर्षपछि पक्राउ परेका छन् । प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरिएको हो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५, छत्रगञ्जका दिपक कुमालको हत्या आरोप लागेका हन्तिलाल कुमाल १० वर्ष ८ महिनापछि समातिएका प्रहरीले जनाएको छ । २०६७ भदौ ६ गते हत्या गरी फरार भएका ४९ वर्षीय कुमाललाई जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले बताए । ‘अभियुक्त कुमाल जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धानमा छन्, उनले भने,‘ अभियोग लागेको करिब ११ वर्षपछि लुकिछुपी बसेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।’

हत्या गरेका कुमालले घरेलु हतियार हसिँया प्रयोग गरी २०६७ साल भदौ ६ गते छत्रगञ्जको टुनीचौर स्थित खेतमा शव फालेको आरोप छ । घटनापश्चात् अभियुक्त कुमाल भारतमा लुकिछिपी बस्दै आएका थिए ।

प्रकाशित: १२ वैशाख २०७८ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App