समाज

खोटाङमा टाटा सुमो दुर्घट्ना, तीन जना घाईते

खोटाङमा टाटा सुमो दुर्घट्ना हुँदा तीन जना घाईते भएका छन्। केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसीतर्फ जाँदै गरेको ज १ ज २१४ नम्बरको टाटा सुमो शुक्रबार बिहान पल्टिँदा एक गम्भीर र दुई सामान्य घाईते भएका हुन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित पुरानोगाउँमा ब्रेक फेल भएर सुमो पल्टिँदा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २२ वर्षीया सपना तामाङ, ३८ वर्षीया पन्त श्रेष्ठ र चालक केपिलासगढी गाउँपालिका–७ सुंदेलका केबल कोयी राई घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। जालपास्थित जनसेवा सामुदायिक अस्पतालमा सामान्य उपचार गरेपछि घाईते तामाङलाई काठमाढा रेफर गरिएको छ। उनको दाहिने काँधमा चोट लागेको प्रहरीले जनाएको छ। दाहिने कुहिनामा सामान्य चोट लागेका श्रेष्ठ र चालक राई भने उपचारपछि जनसेवा सामुदायीक अस्पतालबाट डिस्चार्ज भएका छन्।

यस्तै, बिहीबार राती साँढे ९ बजे जालपाकै छिप्तीमा बेहुला बेहुलीसहित आफन्त बोकेको ना १ ज ६२१९ नम्बरको टाटा सुमो जिप दुर्घट्ना भएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पाबाट जालपा छिप्ती जाँदै गरेको जिप छिप्तीमा टर्निङ मोड्ने क्रममा सडकबाट करीब ४० मिटर तल खसेको थियो। जीप पल्टिँदा चालक सहित १० जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । उनीहरु सामान्य उपचारपछि घर फर्किसकेका छन्। 

प्रकाशित: १० वैशाख २०७८ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App