समाज

उत्कृष्ट कामको नतिजा 'घटुवा-सरुवा'

जिल्ला अदालतले चैत अन्तिम साता खजुराका रमेश थापाको जग्गा सरकारको नाममा स्रेत कायम गर्न आदेश गर्‍यो। वर्षोदेखि भोगचलन गरेकोे खजुरा गाउँपालिकामा–६ मा रहेको रमेश थापाको नामको १७ बिगाहा जग्गा सरकारको नाममा स्रेस्ता कायम गर्नका लागि जिल्ला अदालतमा पेश भएको निवेदन सदर भएको हो।  

यस्तै, खजुरामा गिजरा खाँडसरी मिल्स प्रालि संचालन गर्न तीन दशकअघिदेखि भोगचलन गरेको १ सय ८० बिगाहा जग्गा उद्योगको अस्तित्व नरहेको स्थलगत प्रतिबेदन बुझाएर सरकारको नाममा फिर्ता गराउन यथेष्ट प्रमाणसहित सरोकारवाला निकायलाई बोधार्थ तत्कालिन प्रजिअ कुरुम्बाङको सक्रियतामा पेश भयो। चैत ७ गते स्थलगत निरीक्षणमा निस्केको टोलीले हदबन्दी छुटमा दिएको जग्गामा उद्योगको अस्तित्व नरहेको र ७५ बिगाहा जग्गा अतिक्रमणको चपेटामा परेको स्थलगत अनुगमन खटिएको टोलीले यथेष्ट प्रमाणसहित हदबन्दी छुटमा सरकारले दिएको जग्गा बदर गर्न पत्राचार गरेको थियो।

कोरोना कहरको बेलामा देशभरमै प्लाज्मा दान गर्ने उदाहरणीय अभियान बाँकेमा संचालन भएको चर्चा चल्यो। तत्कालीन प्रजिअ कुरुम्बाङले संचालन गरेको अभियानबाट १ सय ४० जना लाभान्वित भएको रेकर्डमा उल्लेख छ। चैतमा उनी नेपाली सेनाले ‘कुशल प्रशासक’ को पदविबाट सम्मानित भए। बाँकेमा कोरोना कहरको बेला भएको तस्करी नियन्त्रणबाट १४ प्रतिशत राजश्व वृद्धि दर अहिले सम्म कै उच्च हो।  

पश्चिम नेपालमा भेरी अन्चल अस्पतालमा भर्ना भएका १ हजार १ सय ७६ गम्भीर विरामीको उपचार भएको रेर्कडमा देखिन्छ।  

नेपालगंज मानपुर सडकखण्डको मोडमा रहेको राणाकालिन घर भत्काउन सक्रियता देखाएका प्रजिअ कुरुम्बाङको जिल्लावासी माझ लोकप्रियता बढ्दै गएको हो। उक्त सडकखण्ड राणाकालिन घर कै कारण मानपुर सडक दुर्घटनाको जोन नै बनेको थियो।

चैत दोस्रो साता नरैनपाुरमा १ सय २० घरमा आगलागि हुँदा राहत र पुनर्स्थापना लागि प्रजिअको सक्रियतामा गरिएको प्रयास स्थानीय माझ प्रशंसनीय बन्यो। कोरोना कहरले समस्याग्रस्त भएको अवस्थामा सिक्टा सिँचाइको विस्तार र हालसम्म मुलुकको पुँजिगत खर्च ३० प्रतिशत हुँदा बाँकेको ५० प्रतिशत विकास निर्माणका कामले तीव्रता पाएको पुष्टि हुन्छ।

यातायात, मालपोत र नापीमा कार्यालयमा विचौलियको प्रबेश रोक लगाउन खटिएका प्रजिअ कुरुम्बाङको बाँकेमा गरेका प्रशंसनीय काम मध्यमा पर्छ। तर, चैत २६ गते गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको हेरफेर गर्ने क्रममा कुरुम्बाङको कार्यसम्पादन मूल्याकंनमा अवमूल्यन गरेको पुष्टि भएको छ।

बाँकेका प्रजिअ भूमिका रहेका कुरुम्बाङको ईलाका प्रशासन कार्यालय, टिकापुर भएको सरुवाले उत्कृष्ट कामको नतिजा घटुवा सरुवा हो कि भन्ने जिल्लावासी माझ आंशका बढेको छ। ‘बाँकेमा प्रजिअको जिम्मेवारी बसेकालाई ईलाकामा सरुवा गर्नुमा नैतिक बेइमानी होकि भन्ने हामीलाई लागेको छ,’नाम नखोल्ने सर्तमा एक कर्मचारीले भने,‘पहाडी जिल्ला, मन्त्रालय वा सहायक प्रजिअको भूमिका दिएको भए यि कुरा आउने थिएनन् होला।’

यसअघि ताप्लेजुङ, म्याग्दी, सोलुखुम्बु, अछाम, प्यूठान, बर्दिया, स्याङजा र बाँकेमा समेत काम गर्दा उत्कृष्ट काम गरेका प्रजिअका रुपमा कुरुम्बाङ चिनिन्छन्। अछाममा प्रजिअको भूमिका रहंदा घुम्ती सेवा संचालन गरेर घरघरै प्रशासनिक सेवा दिन सफल प्रजिअका रुपमा चिनिएका कुरुम्बाङ बर्दियाको विकास निर्माणमा समेत योगदान रहेको चर्चा गर्छन्।  

नरैनापुरमा कोरोना ब्रेक डाउन भएपछि बाँकेमा प्रजिअको भूमिका सरुवा भएको उल्लेख गर्दे कोरोना कहरबीचमा ६ महिनाको समय रातीमा ४ घन्टा मात्र सुतेको उनले सुनाए। ‘मलाई गृहले दिएको जिम्मेवारी पूर्णरुपमा ईमान्दारिताका साथ निभाउँछु,’उनले भने,‘गृह मन्त्रालयको मातहतमा बसेका १२ वर्ष भयो, मैले काम गर्ने अवसर पाए, म गृहको ईमान्दार सिपाही हुँ।’ गृह मन्त्रालयले गरेको आदेशको पूर्ण रुपमा पालना गर्दे खुसीसाथ ईलाका कार्यालयको हाकिमको रुपमा जिम्मेवारी सम्हालेको उनले बताए।

प्रकाशित: ४ वैशाख २०७८ ०३:३८ शनिबार

जिल्ला अदालत घटुवा-सरुवा